व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल
- गाउँ सहर संवाददाता
- ९ असोज शनिबार, २०७८ | २१:१६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताए ।
आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए ।
ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए । संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनाँको भनाइ छ ।
साधारणसभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उहाँले सुझाव दिए ।
वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए ।
महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरुगरेको उल्लेख गर्दै उनले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।
आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस