गगन थापा आक्राेश : कति सजिलै सर्छ अधिवेशनको मिति
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | १६:३०:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको मिति सार्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
'कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने,' थापाले ट्विट् गरेका छन्, 'बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !'
उनले यस्तो बेहालमा पनि पार्टी चलाइरहने कि बदल्ने ? भनेर प्रश्न पनि गरेका छन् ।
यसअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी बैठकमा माघमा महाधिवेशन गर्ने विषयमा छलफल भएको थियो ।
सभापति शेरबहादुर देउवानिकट मानिने मीनबहादुर विश्वकर्माले मंसिरमा प्रदेश अधिवेशन सकेर माघमा केन्द्रीय महाधिवेशन गर्ने विषयमा अनौपचारिक सहमति भएको जानकारी दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस