गगन थापा आक्राेश : कति सजिलै सर्छ अधिवेशनको मिति
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | १६:३०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको मिति सार्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
'कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने,' थापाले ट्विट् गरेका छन्, 'बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !'
उनले यस्तो बेहालमा पनि पार्टी चलाइरहने कि बदल्ने ? भनेर प्रश्न पनि गरेका छन् ।
यसअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी बैठकमा माघमा महाधिवेशन गर्ने विषयमा छलफल भएको थियो ।
सभापति शेरबहादुर देउवानिकट मानिने मीनबहादुर विश्वकर्माले मंसिरमा प्रदेश अधिवेशन सकेर माघमा केन्द्रीय महाधिवेशन गर्ने विषयमा अनौपचारिक सहमति भएको जानकारी दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस