आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित
- गाउँ सहर संवाददाता
- ८ असोज शुक्रबार, २०७८ | १२:२०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।
आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिएपछि विधेयक अघि बढाइएको हो ।
अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि सुझाब पेश गर्न चाहने सांसदले विधेयक शाखा राष्ट्रियसभामा सुझावसहितको सुचना दिन सक्नेछन् । अब यी दुई विधेयकमाथि दफाबार छलफल हुनेछ ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जारी राखेका थिए । एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस