स्वास्थ्य

काठमाडौँ उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार १ हजार ३२४ कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७४३ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ११ हजार ६२९ पीसीआर तथा ३ हजार ६१४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता