नेप्से परिसूचक सामान्य अंक बढेर बन्द, बढ्न सकेन काराेबार रकम
- गाउँ सहर संवाददाता
- ७ असोज बिहीबार, २०७८ | १५:४९:०० मा प्रकाशित
काठमाडाैं । तीव्र उतारचढाव देखिएको शेयरबजारमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।
नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ ।
त्यसैगरी, कारोबारमा आएका प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल बैंक र नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस