परराष्ट्रमन्त्री खड्काको शपथ दिउँसो १ बजे, आजै अमेरिका जाने
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | १२:०३:०० मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले एक बजे शपथको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।
कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।
खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए । उनले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जितेका हुन् ।
खड्काले अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनले केही समय कृष्णप्रसाद भट्टराईको सल्लाहकार पनि भएर काम गरेका थिए । उनी पूर्वसहरी विकास मन्त्रीसमेत हुन् ।
आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालय स्रोतले खड्कासहितको टोली अमेरिका जानेबारे सबै तयारी पूरा भइसकेको जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस