अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनीको उद्घाटन
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०६:३४:०० मा प्रकाशित

पोखरा । “कलाकारको लागि कलाकार” अन्तराष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०७८ मंगलबारबाट सुरु भएको छ । नगेन न्यूज पब्लिकेसन प्रा.लि.ले आयोजित उक्त प्रतियोगिताको आज एक कार्यक्रमको आयोजना गरी पोखराबाट उद्घाटन गरिएको हो ।
कार्यक्रमको डिजिटल उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, मन्त्री मणिभद्र शर्माले कलाकारहरुको लागी गरिएको यो नविन कार्य प्रशंसनीय रहेको बताए । कोरोना कहरको समयमा पनि कलाकारको लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी अहिलेको स्थितीमा बाध्यता सँगसँगै अवसर बन्ने पनि उनले विश्वास व्यक्त गरे । साथै उनले उक्त पेन्टिङ्ग बिक्री भएको रकम सामाजिक कार्यमा लगाउने आयोजकको धारणा धेरै राम्रो रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले चित्रकलालाई पत्रकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताइन् । “कलाकारको लागि कलाकार” अन्तर्राष्ट्रिय अनलाइन खुल्ला कला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रमका सभापति तथा नगेन न्यूज पब्लिकेसन प्रा.लि.का अध्यक्ष ज्योती हमालले प्रतियोगिताबारे जानकारी दिँदै कलाकृतिहरू बिक्री भई उठेको रकम ७० प्रतिशत स्वयं कलाकारलाई १० प्रतिशत पुरस्कारलाई १० प्रतिशत कल्याणकारी कार्यक्रमलाई र १० प्रतिशत स्मारिकालाई छुट्टयाईने जानकारी दिइन् ।
कोरोना कहरको समयमा सबैले आफ्नो बारेमा सोचि रहँदा कलाकारका बारेमा कसैले केहि नगरेकाले कलाकारको जुम मिटिङ्गबाट कलाकारले पनि केहि गर्नुपर्ने आवश्यक रहेकोले “कलाकारको लागि कलाकार” प्रतियोगिता तथा प्रद्वर्शनी गरिएको नेपाल एकेडेमी फाइन आट्स, नेपालका प्राज्ञ नगेन सिंह ठकुरीले बताए ।
सो प्रतियोगिताको निर्णायकमा प्राध्यापक डा. सुमेर जावाड, कला र डिजाइनको कलेज, पंजाब विश्वविद्यालय, पाकिस्तानमा प्रिन्सिपल, दादुल चालिहा विश्वव्यापी कलाकार, गुवाहाटी, आसाम, भारत, प्राध्यापक दीवान मिजान शान्तो मरियम क्रिएटिव टेक्नोलोजी विश्वविद्यालय, ढाका, बंगलादेश, प्राज्ञ ज्योति प्रकाश बीके ललितकला विभाग, त्रिवि, नेपाल विभाग, प्राज्ञ नगेन सिंह नेपाल एकेडेमीफाइन आट्स, नेपाल रहेका थिए । प्रतियोगीहरूमा १२ जना कलाकारहरू पुरस्कृत भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस