लुम्बिनी प्रदेशकाे आर्थिक गतिविधि अध्ययन प्रथम अर्ध–वार्षिक २०७७–७८ को प्रतिवेदन कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | १४:४०:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १२ अनुसार प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश प्रथम अर्ध—वार्षिक प्रतिवेदन (आ.व.२०७७/०७८) गरिएकाे छ ।
राष्ट्र बैंङ्कले मूल्य स्थिरता, शोधनान्तर स्थिति, समष्टिगत अर्थतन्त्र, वित्तीय बजारको अवस्था, मुद्रा प्रदाय तथा विदेशी विनिमय जस्ता विषयमा अध्ययन गर्ने, तथ्याङ्क संकलन/प्रशोधन/विश्लेषण गर्ने र नीति निर्माण गर्ने कार्य गर्दछ । सोही ऐनको दफा १० को उपदफा ३ अनुसार नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले यस बैंङ्कलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक तथ्याङ्क उपलव्ध गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् केन्द्रीय बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०७६/७७ देखि यस प्रदेशमा रहेका १२ वटै जिल्लाहरुलाई समेटी आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गर्न थालिएको हो । कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी कार्यान्वयनमा आएको नेपाल राष्ट्र बैंकको “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६” अनुसार उपत्यका बाहिरका कार्यालयबाट आर्थिक गतिविधि अध्ययन गरी प्रादेशिक तथा एकिकृत प्रतिवेदन तयार गर्दा कार्यक्षेत्र भित्र पर्ने तोकिएका जिल्लाहरुको कृषि, उद्योग र सेवा तथा यस अन्तर्गतका शीर्षकहरुको समेत निर्दिष्ट ढाँचामा तथ्याङ्क संकलन गरी अर्ध्ववार्षिक आर्थिक गतिविधिको अध्ययन गर्न मार्ग निर्देशन गरेको छ ।
स्थलगत सर्वेक्षणका माध्यमबाट जिल्लागत रुपमा कृषि, उद्योग, सेवा, पूर्वाधार, विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको आथिक वर्ष २०७७/७८ को अर्ध–वार्षिक तथ्याङ्क संकलन/प्रशोधन गरी यो प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले बताएकाे छ । साथै उसले जिल्लास्थित विभिन्न सरकारी कार्यालय, क्षेत्रीय निर्देशनालय एवम् सम्वन्धित परियोजना/उद्योग प्रतिष्ठानबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लागत तथा प्रदेशको समग्र अवस्था प्रस्तुत गरिएको, सरोकारवाला निकाय/व्यक्ति तथा विषय विज्ञसँगको छलफल अन्तरक्रिया, जिल्लास्थित बैंक तथा वित्तीय संस्थाहरु, मनिचेञ्चर तथा तोकिएका उद्योगहरुसँग गरिएको छलफलबाट प्राप्त सूचना तथा तथ्याङ्क एवम् सर्वेक्षणकर्ताको विश्लेषण समेतका आधारमा क्षेत्रगत समस्या/चुनौती तथा बाँकी अवधिको परिदृष्य चित्रण गरिएको उल्लेख गरेकाे छ ।
आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस