शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
- गाउँ सहर संवाददाता
- २२ श्रावण बिहीबार, २०८२ | २०:१४:०० मा प्रकाशित

काठमाडौं । शिक्षा विधेयकका विवादित सबै विषयको टुंगो नलगाई प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक सकिएको छ । अर्को बैठकको मिति तोकिएको छैन ।
बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । जसमा बढुवा, कार्यसम्पादन मूल्यांकनसहितका विषयमा सहमति जुटाएर समावेश गरिएको छ ।
समितिले हालसम्म भएका सहमतिलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा समितिको सचिवालयलाई दिएको छ । प्रतिवेदन पेस भएपछि थप छलफल गरिने समितिले जनाएको छ ।
शिक्षक महासंघसँगको असन्तुष्टि कारण शिक्षकहरूको बढुवाको विषय टुंगो लागेको थिएन। शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी आज समितिले टुंगो लागएको हो। अब शिक्षकहरूको आन्तरिक प्रतियोगिताद्वारा, जेष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनको आधारमा बढुवा हुनेछ।
यस्तै, अर्को टुंगो लाग्न बाँकी विषयमध्ये पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था थियो। यस व्यवस्थामा निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका थिए। यसमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवासको सुविधा राख्न नहुने बताएका छन् भने सांसदहरूले आवासको सुविधा अझै पनि दिनुपर्छ भन्ने आवाज उठाएका छन्। यस विषयमा समितिले सरकारलाई थप गृहकार्य गर्न भनेको छ।
त्यसैगरी, नेपाल शिक्षक महासंघको पदाधिकारीलाई काजमा खटाउनेसँग सम्बन्धित व्यवस्था थियो। यसमा महासंघले तोकेको दुई जना पदाधिकारीलाई स्थानीय तहसँगको समन्वयमा शिक्षा मन्त्रालयले तोकेको निकाय वा विद्यालयमा नियमित हाजिर हुने गरी काजमा राख्न सकिने सहमति जुटेको छ। प्रतिवेदनमा राखिएको विद्यालय व्यवस्थापन संघ हटाई दुई वटा संघ राख्ने सहमति पनि जुटेको छ। विद्यालय व्यवस्थापन संघ र विद्यालय अभिभावक संघ राख्ने सहमति भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताकाे अन्तिम दिन शेयरबजारमा बढाेत्तरी, यी हुन् उच्च अंकले मूल्य बढ्ने कम्पनी
- भ्रष्टाचारी ठहरिए बागमतीका मेयर भरत थापा, उपमेयरलाई सफाइ
- स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
- कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- म्याग्दीको गुर्जाखानीमा भूकम्प
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
- कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक
- कक्षा १२ मा कुन जीपीएमा कति विद्यार्थी भए उत्तीर्ण ? ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
प्रतिकृया दिनुहोस