अर्थतन्त्र
मंगलबार सुनचाँदीकै मूल्य वृद्धि
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | ११:४०:०० मा प्रकाशित
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार नौ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ८८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य सोमबार तोलाको ८८ हजार ४ सय ५० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भएसँगै यसको प्रभाव नेपालको बजारमा देखिन थालेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस