आईसीसी वर्ल्डकप लीग-२ : ओमानविरूद्ध नेपालकाे शानदार जीत
- गाउँ सहर संवाददाता
- ३ असोज आइतबार, २०७८ | २१:०२:०० मा प्रकाशित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हाे ।
मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए ।
उनले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरेका हुन् । ४४ बल खेलेका शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए ।
टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट थियो । यस्तै शरद भेषवाकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस