कोरोनाबाट थप १६ जनाको मृत्यु, थपिए १ हजार ६६ - निको भए १ हजार २३४
- गाउँ सहर संवाददाता
- २ असोज शनिबार, २०७८ | १७:०८:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसकाो कारण १६ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ३८५ को परीक्षण हुँदा १ हजार ६६ संक्रमित थपिएका छन् । जसमा महिला ४०।४४ र पुरूष ५९।४६ प्रतिशत छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ३८९ सघनमा र १२१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २३४ छ । जुन ९५.४ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७४ लाख ७ हजार ८०० पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २४६ र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ६३६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ४४६ छ । देशमा सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गर्नेको संख्या ५५ लाख ६१ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.२ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३७१.७ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस