स्वास्थ्य

काठमाडौँ उपत्यकामा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार १ हजार ३५१ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता