अर्थतन्त्र

सोमबार नेप्से परिसूचक स्थिर, ९ अर्ब बढीकाे काराेबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ०.२७ अंक बढेर २९४७.६९ विन्दुमा पुगेको छ ।

यसदिन ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको कारोबार भएको छ । आज दिनभरमा २२६ कम्पनीहरुको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९३ हजार २१४ वटा संख्यामा खरीद बिक्री भए ।

कारोबारमा आएका २२६ मध्ये ८९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १७ कम्पनीहरुको शेयर मुल्य स्थीर रहेको छ ।

यो दिनको कारोबारमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कालिका पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको यस दिन ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता