एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका लाेकबहादुरलाई प्रहरीद्वारा सार्वजनिक
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १७:३६:०० मा प्रकाशित
..jpeg)
संखुवासभा । मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति १० वर्षीय बिपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका लोकबहादुरलाई ईलाका प्रहरी कार्यालय चैनपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो ।
उक्त घटनाको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा टाउको तथा शरीरको विभिन्न भागहरूमा चिर्पटले प्रहार गरी हत्या भएको अवस्थामा ६ जनाको शव फेला पारेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरानबाट डग सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्यूरो समेतबाट प्रहरी टोली परिचालित भई घटनाको विश्लेषण तथा अनुसन्धानको क्रममा तेजबहादुरले आफूलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेको रिसको झोकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको, तेजबहादुरले हारगुहार गरेको सुनेर श्रीमती कमला र बुहारी रन्जना घटनास्थलतर्फ आएपछि उनीहरूलाई पनि चिर्पट प्रहार गरी हत्या गरेको, दिपेन र गोमालाई लखेटेर हत्या गरेको र घरमा गई पार्वतालाई भित्तामा टाउको ठोक्काई हत्या गरी आफ्नो घर फर्किएर घटनामा प्रयोग गरेको चिर्पट अगेनामा बालेर नष्ट गरेको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस