व्यवसायीले खोप पाएपछि लेउवा संघको स्थगित महाधिवेशन असोज २ मा
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | २१:१६:०० मा प्रकाशित

लेखनाथ । व्यवसायीले खोप पाएपछि लेखनाथ उद्योग वाणिज्य संघको स्थगित १३ औं महाधिवेशन असोज २ गते शनिवार हुने भएको छ ।
कोरोना भाइरसका कारण भाद्र १८ र १९ गतेका लागि तोकिएको महाधिवेशन भाद्र १३ गते स्थगित भएपछि निर्वाचन उप समितिले असोज २ गतेको मिति तय गरेसंगै संघको कार्यसमितिको बैठकले त्यसलाई अनमोदन गरी निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो ।
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १३ औँ महाधिवेशनलाई मध्यनजर गर्दै संघका व्यवसायी सदस्यहरुलाई कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाईएको छ ।
गत साउन ३० गते भेरोसिलको पहिलो मात्रा लगाएका ब्यवसायीहरुलाई शुक्रवार लेखनाथ महोत्स्व स्थलमा १२ सय जनालाई दोस्रो मात्रा लगाईएको हो ।
खोप लगाएपछि आफूहरु असोज २ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आउने वातावरण बनेको व्यवसायीहरुको धारणा रहेको छ ।
निर्वाचनको कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको महोत्सव स्थल तालचोकमा स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु कायम गरी विहान ७ वजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिए ।
यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तर्गत उमेदवारी दर्तादेखि उमेदवारको अन्तिम नामावली प्रकाशन भैसकेको छ ।
उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेयअध्यक्ष पदमा निर्विरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष सहित आठ खुल्ला सदस्य, दुई महिला सदस्य छानिने भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस