व्यवसायीले खोप पाएपछि लेउवा संघको स्थगित महाधिवेशन असोज २ मा
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | २१:१६:०० मा प्रकाशित
लेखनाथ । व्यवसायीले खोप पाएपछि लेखनाथ उद्योग वाणिज्य संघको स्थगित १३ औं महाधिवेशन असोज २ गते शनिवार हुने भएको छ ।
कोरोना भाइरसका कारण भाद्र १८ र १९ गतेका लागि तोकिएको महाधिवेशन भाद्र १३ गते स्थगित भएपछि निर्वाचन उप समितिले असोज २ गतेको मिति तय गरेसंगै संघको कार्यसमितिको बैठकले त्यसलाई अनमोदन गरी निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो ।
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १३ औँ महाधिवेशनलाई मध्यनजर गर्दै संघका व्यवसायी सदस्यहरुलाई कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाईएको छ ।
गत साउन ३० गते भेरोसिलको पहिलो मात्रा लगाएका ब्यवसायीहरुलाई शुक्रवार लेखनाथ महोत्स्व स्थलमा १२ सय जनालाई दोस्रो मात्रा लगाईएको हो ।
खोप लगाएपछि आफूहरु असोज २ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आउने वातावरण बनेको व्यवसायीहरुको धारणा रहेको छ ।
निर्वाचनको कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको महोत्सव स्थल तालचोकमा स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु कायम गरी विहान ७ वजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिए ।
यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तर्गत उमेदवारी दर्तादेखि उमेदवारको अन्तिम नामावली प्रकाशन भैसकेको छ ।
उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेयअध्यक्ष पदमा निर्विरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष सहित आठ खुल्ला सदस्य, दुई महिला सदस्य छानिने भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस