संसद

संसद बैठकमै नाराबाजी, बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेले सभामुखले आफ्ना सांसदहरुलाई कारबाही नगरेको र यसको चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसद अवरुद्ध गरेका छन् ।

बुधबारको संसद बैठकको सुरुमै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कदमको विरोध गर्दै जवाफ दिन आग्रह गरे पनि सभाुमुखको जवाफमा चित्त नबुझी उनीहरुले संसद बैठकमै नाराबाजी गरेका थिए ।

असमान व्यवहार गरेकाे भन्दै सचेतक भट्टराईले विराेध गरेका पनि थिए । सारा नियम उल्लंघन गरेकाे भन्दै उनले जवाफ दिनुपर्ने बताए ।

सभामुखले जवाफ दिएपनि नाराबाजी भएकाे थियाे । 

सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

गाउँ सहर संवाददाता