पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | १४:१३:०० मा प्रकाशित

पाेखरा । डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ ।
आज भाद्र २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाबाट समुद्घाटन सम्पन्न भएको हाे ।
डिश होमका तर्फबाट यरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकारहरु, डिलर दाइहरु, स्थानीय समाजसेवी, बुद्दिजिवीहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेटको औचित्य बारे प्रस्ट परे । उनले डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ति शुरु भएकाे छ ।
सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आजबाट जडान हुनेछ भने १० Mbps देखि ग्राहकको रोजाइ अनुसार १०० Mbps सम्मको प्याकेज उपलब्ध रहेको लिमिटेडले बताएकाे छ ।
सहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवालाई ग्रामीण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराए । डिशहोम फाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी उनले गराए । यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बञ्चित हुनुनपर्ने उनकाे भनाइ छ ।
भट्टराई एण्ड ब्रदर्स प्रालिले डिश होम, डिश होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार विस्तार जमाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस