हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | १३:५८:०० मा प्रकाशित
झापा । बिर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका-३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको हत्या गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३७ वर्षीय रतन राजबंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र आइतबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मृतकको छोरालाई सोधपुछ गर्ने क्रममा आफ्नो काका रतनले मार्तलले कुटपिट गरेर फरार भएको बताएपछि रतनलाई मेचीनगर नगरपालिका-१५ बाट हत्यामा प्रयोग भएको मार्तल सहित पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस