कोरोनाबाट थप २० जना संक्रमितको मृत्यु, नयाँ थपिए १ हजार ८९७, निको भए १ हजार ७४३
- गाउँ सहर संवाददाता
- २१ भदौ सोमबार, २०७८ | १६:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ९७९ को परीक्षण हुँदा १ हजार ८९७ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ६९ हजार ७२१ को पिसिआर र ४ लाख ९२ हजार ११४ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७० हजार ७५९ पिसिआरबाट र ८५ हजार ४५९ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५१२ सघन र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ७४३ छ । प्रतिशतमा हेर्दा यो ९४.६ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २६० र होम आइसोलेशनमा रहेको संख्या २८ हजार ९११ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ६२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।
मन्त्रालयका अनुसार १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २१ छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४९ लाख ६२ हजार ७५९ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६६ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस