अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्याे

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतवार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६०० रुपैयाँ  र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

गत शुक्रवार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवार प्रतितोला ९१ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य भने ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी गत शुक्रवार १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

गाउँ सहर संवाददाता