हतार हतार बन्द गरिएकाे संसद अधिवेशन आह्वानमा एमसीसी प्राथमिकता
- गाउँ सहर संवाददाता
- २० भदौ आइतबार, २०७८ | ०९:१८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
एक्कासी अन्त्य गरिएको अधिवेशन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न चासो बढाइरहेको पृष्ठभूमिमा बोलाएको छ ।
सरकारले पारित गराउनुपर्ने १५ अध्यादेश पनि छन्, सबैभन्दा महत्त्वपूर्ण बजेट अध्यादेश नै पारित हुन बाँकी छ । बजेटसहितका अध्यादेशमा छलफल गराउने भनिए पनि सरकारको मुख्य चासो एमसीसीमै छ ।
प्रमुख प्रतिपक्षी एमालेले भने एमसीसी चाहिन्छ भन्ने माओवादी र पास गर्नुपर्छ भनेर सम्झौतामा हस्ताक्षर गर्ने कांग्रेस कसरी आउँछ त्यसपछि जवाफ तय गर्ने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबारमात्रै एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको आरोप लगाएका छन् । तर सरकारको नेतृत्व गर्दा एमसीसी पास गर्नुपर्छ भनेर लागिपरेको एमालेले आगामी दिनमा यसबारे के गर्ने भन्ने तय गरिसकेको छैन ।
सत्तारुढ गठबन्धनमा रहेको माओवादीले भने एमसीसी संशोधनसहित पारित गर्नुपर्ने अडान राखिरहेको छ ।
नेता माधवकुमार नेपालले छुट्टै दलको हैसियत नपाउँदासम्म संसद्मा सरकारलाई बहुमत पुग्ने निश्चित थिएन । त्यसैकारण, चलिरहेको बजेट अधिवेशन गत साउन ३२ मा हठात् अन्त्य गरेर प्रधानमन्त्री देउवाले दल विभाजन सहज हुने अध्यादेश ल्याएका थिए । त्यसैका आधारमा एमाले वैधानिक रूपमा विभाजित भएको छ । अब भने सरकारको ध्यान एमसीसीतर्फ सोझिएको छ ।
बजेट अध्यादेश र एमसीसी सम्झौतासँगै नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयक, कारागारसम्बन्धी विधेयक संसद्मा विचाराधीन छन् । संघीय संसद्को आगामी अधिवेशनबाट यी विधेयक र सम्झौता निर्णयार्थ प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस