सडक/यातायात
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | १६:२०:०० मा प्रकाशित
तम्घास । कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर अर्बेनी सडक खण्डको गर्गरे भीरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने सवारीहरु र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरु चल्न सकेका छैनन् ।
शुक्रबार रातिबाट पहिरो पन्छाउनका लागि शनिबार विहानबाट डोजर लगाइएको छ । वर्षा नभए शनिबार साँझसम्म सडक खुलाउन सकिने गाउँपालिकाले जनाएकाे छ ।
नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस