सडक/यातायात
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | १६:२०:०० मा प्रकाशित

तम्घास । कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर अर्बेनी सडक खण्डको गर्गरे भीरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने सवारीहरु र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरु चल्न सकेका छैनन् ।
शुक्रबार रातिबाट पहिरो पन्छाउनका लागि शनिबार विहानबाट डोजर लगाइएको छ । वर्षा नभए शनिबार साँझसम्म सडक खुलाउन सकिने गाउँपालिकाले जनाएकाे छ ।
नेपाली सेनाको सहयोगमा अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस