नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुँगियाे
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | २१:००:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।
खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए ।
खेलमा दर्शकको समेत उपस्थित रहेको थियो। विश्व फुटबल महासंघले तोकेको मापदण्ड पालना गर्दै रंगशालामा दर्शकलाई प्रवेश दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आएको यो पहिलोपटक हो । यसअघिका तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु भारतमै भएका थिए । सन् २०१३ मा सिलिगुढी, सन् २०१५ मा पुना र सन् २०१७ मा मुम्बईमा मैत्रीपूर्ण खेल भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस