पञ्चे बाजा बजाएर ताकेता गर्न थालेपछि काठमाडौं महानगरपालिकाकाे कर उठ्न थाल्याे
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | १३:१४:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाले घर-पसल तथा महलमै गएर पञ्चे बजाएर सहितकाे टाेलीले कर तिर्न ताकेता गरेपछि व्यापारिक प्रतिष्ठानले कर बुझाउन थालेका छन् ।
महानगरपालिकाले कर बुझाउने आव्हानसहितको सूचना प्रकाशित गरी कर नबुझाउने प्रतिष्ठानहरुमा पञ्चेबाजसहित जान थालेपछि हालसम्म तीन करोड ८९ लाख रुपियाँ कर उठेको छ ।
घरजग्गा र सम्पत्ति कर सम्बन्धी सूचना प्रकाशित गरेपछि उक्त कर सङ्कलन भएको राजस्व विभागले जनाएको छ । राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीले दिनुभएको जानकारीअनुसार अहिलेसम्म १३ व्यापारिक प्रतिष्ठानले कर तिरेपनि पूरै कर नबुझाएको बताएका छन् ।
उनका अनुसार सम्पर्कमा आएको व्यापारिक प्रतिष्ठानमध्ये एन आर टी क्लब, यूनाइटेड वल्ड टे«ड सेन्टर, काठमाडौं इन्जिनियरिङ्ग कलेज, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, एलआरआई बोर्डिङ स्कुल स्युचाटार, होटल मस्र्याङ्दी, बुद्ध मल, जनमैत्री अस्पताल, सुरज आर्केट, वैशाली होटल प्रालि, प्रवीणबहादुर केसी र स्टार मलले कर बुझाएका हुन ।
एनआरटी क्लबले १० लाख, यूनाइटेड वल्र्ड ट्रेड सेन्टरले एक करोड, काठमाडौं, इन्जिनियरिङ्ग कलेजले २५ लाख, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले २९ लाख २० हजार, एलआरआई बोर्डिङ स्कुलले २५ लाख, होटल मस्र्याङ्दीले आठ लाख सात हजार ९१८ पियाँ, बुद्ध मलले ४७ लाख १८ हजार र जनमैत्री अस्पतालले ६० लाख कर राजस्व विभागमा बुझाएको छ ।
यसैगरी सुरज आर्केटले ६ लाख ७४ हजार १६४, वैशाली होटलले पाँच लाख ९६ हजार ८६४, प्रवीणबहादुर केसीले आठ लाख र स्टार मलले ५० लाख कर बुझाएको विभागका प्रमुख अधिकारीले जानकारी दिए ।
यसैगरी काठमाडौं महानगरपालिकाले यही भदौ ९ गतेबाट कर असुल गर्न पञ्चेबाजासहित टोल टोलमा अभियान शुरु गरेको छ । महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको हो । गत असार १६ गते पहिलो चरणमा र साउन २६ गते दोस्रो चरण गरी महानगरले कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । महानगरले यस अभियानबाट ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस