क्यान महासंघ कास्कीद्वारा सूचना प्रविधि सम्बन्धी अवधारणा पत्र पेश
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | २१:२०:०० मा प्रकाशित
कास्की । कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की शाखाको १३ अौँ वार्षिक उत्सवको अवसरमा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापालाई सूचना प्रविधि सम्बन्धी संस्थागत अवधारणा पत्र पेश गरेको छ । उक्त कार्यक्रमको अवसरमा मन्त्री थापालाई बधाई ज्ञापन ब्यक्त गरेको छ ।
गण्डकी प्रदेशमा सूचना, सञ्चार तथा प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्न संघीय शासन प्रणाली अनुकुल प्रदेशस्तरमा सूचना तथा प्रविधि सम्बन्धी आधारभूत पुर्वधारको विकास तथा सूचना प्रविधिको महत्वलाई उजागर गर्नको लागी क्यान कास्कीबाट तयार गरिएको संस्थागत अवधारण पेश गरेको हो ।
कार्यक्रमा मन्तब्य राख्दै मन्त्री थापाले हरेक क्षेत्र र ब्यक्तिसंग जोडिएको सूचना प्रविधिलाई अगाडि बढाउन क्यान कास्कीसंग सहकार्य गर्ने बताए । सोही कार्यक्रममा शुभकामना मन्तब्य राख्दै क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसी राम पाण्डेले आइटी सेवालाई राज्यले अति आवश्यक सेवा अन्तर्गत राखी सोही अनुरुपको सेवा सुविधा प्रदान नगरेकोमा गुनासो ब्यक्त गरे ।
क्यान कास्कीका संस्थापक महासचिव तथा संस्थाका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्यालले नेपाल सरकारले ब्यवस्था गरेका सूचना प्रविधिका निति नियम तथा सेवालाई गण्डकी प्रदेशले पनि कार्यन्वयन गर्दा आइसिटि क्षेत्रमा टेवा पुग्ने बताए ।
क्यान कास्कीका कार्यवहाक अध्यक्ष श्री दुधमान गुरुङ्ग ‘आषिश’को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेलले स्वागत मन्तब्य र कार्यक्रम संचालन संस्थाका सचिव सेवक क्षितिजले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस