विवेकशील साझा पार्टीमा चुलियाे विवाद, विभाजनको सँघारमा !
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | १२:४९:०० मा प्रकाशित

काठमाडाैं । विवेकशील साझा पार्टीको विवाद चलिएको छ ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले यसअघि एकतर्फी रुपमा बिहीवारका लागि बैठक बोलाएको भन्दै संयोजक पाण्डेले बिहीबारनै बेग्लै बैठक बोलाएका हुन् ।
पार्टीमा मतभेद चर्किएपछि विभाजनको सँघारमा पुगेको छ ।
गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।
सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो ।
'विवेकशील साझा पार्टीको विधानको दफा २० (१०) अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको ब्यहोरा यहाँमा अवगत नै छ । यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु' पाण्डेले भनेका छन् ।
यसअघि मिश्रले संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरेका थिए । त्यसको पाण्डेसहित चार केन्द्रीय सदस्यहरुले मिश्रको विचारको खण्डन गर्दै फरक दस्ताबेज ल्याएका थिए । त्यसयता सो दलमा विवाद चर्किंदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस