मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- १५ भदौ मंगलबार, २०७८ | ०८:४३:०० मा प्रकाशित
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा आवद्ध शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता डा।बाबुराम भट्टराई, उपेन्द्र यादवसहितको बैठक बस्न लागेको हो ।
आजको बैठकबाट मन्त्रालय भागबण्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीको स्थायी कमिटी बैठकमा जानकारी गराएका थिए ।
मन्त्रालय भागबण्डा मिले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेर मात्रै मन्त्रपरिषद् विस्तार गर्नु पर्ने मत कतिपय नेताले व्यक्त गरेका छन् ।
पछिल्लो अध्यादेशअनुसार फुटेका दल रोज्न पाउने समयावधि भदौ २२ सम्म निर्वाचन आयोगले दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्ने कोणबाट पनि छलफल भएको स्रोतले जनाएको छ ।
भर्खरै फुटेका दलबाट मन्त्री बन्ने आकांक्षी धेरै भएपछि जसपा र नेकपा एकीकृत समाजवादीमा दबाब छ । सत्तारुढ दलमै पनि मन्त्री बन्नेलाई व्यवस्थापन गर्न दबाब छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा आलोचना भइरहेको छ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सरकार विस्तारबारे गठबन्धनमा छलफल सुरु भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस