वातावरण

साेमबारे माैसमः सुदूरपश्चिमलगायतका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडाैँ । २०७८ भाद्र १४ गते सोमबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता