गाउँ सहर

काठमाडौँ उपत्यकामा आइतबार कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

आइतबार २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता