स्वास्थ्य

काेभिडविरूद्धकाे पहिलाे मात्रा खोप लगाएकामा ८० र पूर्ण खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० र पूर्ण खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको बताएको छ ।

उसले विज्ञप्ति जारी गरी सो कुरा बताउँदै खोपहरु अत्यन्त प्रभावकारी रहेको बताएको छ ।

जारी विज्ञप्तिमा २०७८ असार २१ गतेदेखि साउन ३० सम्म संकलित नमूनामध्ये १३ हजार १६१ जनाकाे परीक्षण गरी विश्लेषणबाट साे तथ्य आएकाे उल्लेख छ । सर्भेकाे नतिजानुसार ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएकाे छ ।

गाउँ सहर संवाददाता