कास्की जिल्ला अदालतका लागि जग्गा प्राप्ति समिति गठन
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | १२:५०:०० मा प्रकाशित
लेखनाथ । कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समिति गठन गरिएको छ ।उच्च अदालत वार एशोसियसन पोखरा र जिल्ला अदालत वार एशोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयंक्त वैठकले उक्त समिति गठन गरेको हो ।
वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल वार एशोसियसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल वार एशोसियसनका सदस्य कल्पना भण्डारी, उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत वार एशोसियसन कास्कीका अध्यक्ष मुक्ति सापकोटा, डि एल ए कास्कीका अध्यक्ष बिष्णु प्रसाद मरासिनी, पि एल ए कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहेका छन ।
वैठकमा कास्की जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईले कास्की जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि २ करोड बजेट स्वीकृत भएको जानकारी गराए । हाल अदालत रहेको पोखरा ६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाट बाटो र कुलोको मापदण्ड कटाउदा संरचना बनाउने जग्गा अपुग हुने हुदां अवश्यक जग्गाको खोजी गर्नुपर्ने निश्कर्ष बैठकले निकालेको थियो कास्की जिल्ला अदालतमा हाल ७ वटा इजलासबाट सेवा प्रभाह भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस