कास्की जिल्ला अदालतका लागि जग्गा प्राप्ति समिति गठन
- गाउँ सहर संवाददाता
- १३ भदौ आइतबार, २०७८ | १२:५०:०० मा प्रकाशित

लेखनाथ । कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समिति गठन गरिएको छ ।उच्च अदालत वार एशोसियसन पोखरा र जिल्ला अदालत वार एशोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयंक्त वैठकले उक्त समिति गठन गरेको हो ।
वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल वार एशोसियसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल वार एशोसियसनका सदस्य कल्पना भण्डारी, उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत वार एशोसियसन कास्कीका अध्यक्ष मुक्ति सापकोटा, डि एल ए कास्कीका अध्यक्ष बिष्णु प्रसाद मरासिनी, पि एल ए कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहेका छन ।
वैठकमा कास्की जिल्ला अदालतका न्यायाधिश श्रीकृष्ण भट्टराईले कास्की जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि २ करोड बजेट स्वीकृत भएको जानकारी गराए । हाल अदालत रहेको पोखरा ६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाट बाटो र कुलोको मापदण्ड कटाउदा संरचना बनाउने जग्गा अपुग हुने हुदां अवश्यक जग्गाको खोजी गर्नुपर्ने निश्कर्ष बैठकले निकालेको थियो कास्की जिल्ला अदालतमा हाल ७ वटा इजलासबाट सेवा प्रभाह भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस