नेपाल लाइफ र नेशनल मर्चेन्ट बैंकरबीच समझदारी पत्रमा हस्ताक्षर
- गाउँ सहर संवाददाता
- १२ भदौ शनिबार, २०७८ | १८:२९:०० मा प्रकाशित
काठमाडाैँ । नेपालको जीवन बीमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेशनल मर्चेन्ट बैंकर लि. को ५१% संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरे ।
नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी रु. ३० करोड हुनेछ ।
कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस