नेकपा (एकीकृत समाजवादी) र लोसपाले पाए औपचारिक मान्यता
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | २१:२८:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई औपचारिक मान्यता दिएको छ ।
दुवै दलले दिएको निवेदनमाथि बुधबार आयोगले दल विभाजनमा जान चाहनेहरूको आयोग कार्यालयमै सनाखत गरेको थियो । त्यसमध्ये एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेन । उनीहरू अब वैधानिक रुपमा एमालेकै सांसद हुन्छन् । माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाउँदा उनीहरूको नाम समावेश थिएन । त्यसैले उनीहरूलाई आयोगले सनाखतमा समावेश नै गराएन ।
महन्थ ठाकुरको दलका १४ जना संघीय सांसदसहित १७ जना रहने गरी आयोगले मान्यता दिएको छ । यस्तै लोसपाको तर्फबाट सांसद रेशम चौधरीको सनाखत आयोगले गरेन । लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीबाट विभाजित भएको हो । अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ । त्यसपछि संसदीय दलबाट पनि यी दल छुट्टै अस्तित्वमा आउने छन् ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस