गाउँ सहर
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | ०७:४२:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ ।
बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको चन्द्रागिरिमा बसे । उनीहरू भेलाको लागि सोमबारै त्यहाँ गएका थिए । नेता प्रेम आलेका अनुसार आज त्यतैबाट निर्वाचन आयोग जाने तयारी गरिएको छ ।
नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको माधवकुमार नेपाल पक्षलाई आयोगले सनाखतका लागि बोलाएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
प्रतिकृया दिनुहोस