अब मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर पनि ऋण पाइने
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | २१:५३:०० मा प्रकाशित

काठमाडाैं । अब मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर पनि ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आज मंगलबार मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनले यस्तो व्यवस्था गरेको हो ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका नाममा जारी गरेको निर्देशनमा भनिएको छ, ‘२० लाखसम्म पर्ने मोटरबाटो नपुगेको खेतीयोग्य जमिनलाई पनि बैङ्क तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् ।’
बैङ्क तथा वित्तीय संस्थाहरूले यस्तो जमिन धितोमा राखेर ऋण लिन निवेदन परेको खण्डमा निवेदन आएको सात कार्य दिन भित्र स्वीकृत हुने/नहुने निर्णय गरिसक्नुपर्ने छ । स्वीकृत नभए त्यसको स्पष्ट कारण समेत निवेदक (ग्राहक)लाई खुलाउनुपर्ने छ ।
यसैगरी, एक करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम व्यवसाय (आयात सम्बन्धी बाहेक)लाई सस्तो दरमै कर्जा उपलब्ध हुने भएको छ । बैङ्क तथा वित्तीय संस्थाले यस्ता व्यवसायलाई कर्जा दिँदा आधार दरमा २ प्रतिशतसम्म थप गरी ऋणको ब्याज तोक्नुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस