कास्कीमा व्यवसायिक पशुपालक कृषकका ध्यान डाँले घाँसका विरुवातिर
- गाउँ सहर संवाददाता
- ५ भदौ शनिबार, २०७८ | २०:३०:०० मा प्रकाशित
कास्कीमा व्यवसायिक पशुपालक कृषकका ध्यान डाँले घाँसका विरुवातिर
पोखरा । कास्कीमा व्यवसायिक पशुपालक कृषकका ध्यान डाँले घाँसका विरुवातिर गएको पाइएको छ । डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्याधिक बढेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्फ लागेसँगै डाँलेघाँसका विरुवातिर ध्यान गएको हो ।
कोरोना कहरसँगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या बढेकाले डिभिजन बन कार्यालय कास्कीले बाटुलेचौर, बन विज्ञान अध्ययन संस्थान, पोखरा महानगरपालिका वडा नं. ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सव डिभिजन बन कार्यालय परिसरमा स्थापित नर्सरीमा डालेघाँस लगायत, फलफुल तथा जडिवुटी र काठको लागि उपयोगी बिभिन्न जातका तीन लाख १८ हजार विरुवा उत्पादन गरी वितरण गरेको डिभिजन बन अधिकृत केदार बरालले जानकारी दिए ।
बन नर्सरीमा उत्पादित राईखनियो, वडहर, टाँकी, इपिलइपिल, लगायतका एक लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको बरालले वताए ।
चालू आर्थिक बर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकांश युवा वर्ग रहेको बताउँदै उहाँले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्फ आकर्षण बढेसंगै डाँलेघाँसका विरुवाको माग बढेको उनले वताए ।
लेखनाथ सव–डिभिजन बन कार्यालयका सहायक बन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरिलो,लेजपात, हर्रो, बर्रो, अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति, हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निःशुल्क वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३० द्धारा उपलव्ध गराईएको दुई रोपनी सार्वजनिक जग्गामा यसै बर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा सबै भन्दा बढी डालेघाँसका विरुवाको माग भएको उनले वताए ।
संघ सरकारकारमार्पmत दुई लाख ४८ हजार ३३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैया ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैया प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिए । यस बर्ष गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको थप दुई लाख रुपैया आर्थिक सहयोगले चारवटा नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भई रहेका छन् । विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाका दरले उपलव्ध गराईएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस