नेपालको पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् सपथ, दुई मन्त्री नियुक्त
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | ०७:३६:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।
उनले बुधबार राती वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले दुई मन्त्री पनि नियुक्त गरेकी छन् । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री शाक्यले नै राखेकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस