अर्थतन्त्र

सुनकाे भाउ ताेलाकाे ९१ हजारमाथि

काठमाडौं । सुनको मूल्य बढेर ९१ हजारभन्दा माथि पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार थियो ।

तेजाबी सुनको मूल्य तोलमा पनि दुई सय रुपैयाँले बढेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता