देशमा व्यवस्था र संचरना बदलिए पनि आदिवासी जनजाति, मधेसी र थारु समुदायको समस्या ज्यूँ का त्यूँ
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १७:०४:०० मा प्रकाशित
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले देशमा व्यवस्था र संचरना बदलिए पनि आदिवासी जनजाति, मधेसी र थारु समुदायको समस्या ज्यूँ का त्यूँ रहेको बताएका छन् ।
‘कथित परिवर्तनको नाममा आदिवासी जनजाति, मधेसी, थारु लगायतका अल्पसंख्यक समुदायलाई सत्ता प्राप्तिको साधन मात्र बनाइयो । सही मानेमा अल्पसंख्यकहरुको समावेशीकरण हुन सकेन, राज्य संरचनामा तिनको प्रतिनिधित्व र सहभागिताको प्रश्न ज्यूँ का त्यूँ रह्यो,’ पूर्वमन्त्री सुब्बाले मंगलबार भने ।
नेप्ली मिडिया प्रा. लि.ले प्रकाशन गरेको ‘इतिहासमा इटहरी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरीष्ट नेता सुब्बाले यस्तो धारणा प्रकट गरेका हुन् ।
‘ऐतिहासिक रुपमा इटहरी थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो । यद्यपि थारु समुदायको ऐतिहासिक उपस्थितिका बाबजुद, शासक वर्गले थारु समुदायलाई हेर्ने दृष्टिकोण र सामाजिक अन्तरसम्बन्धमा तात्विक अन्तर आएको छैन,’ सुब्बाले भने ।
‘यस किसीमको दूरी र दरार कायम रहेसम्म, सही अर्थमा देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुन सक्दैन । राष्ट्रिय एकता, राष्ट्रियता सबल हुन सक्दैन’ उनले भने ।
राष्ट्रियता कै विषयमा गम्भीर भएर आफ्नो दल राप्रपाभित्र अन्तरसंघर्ष गर्नु परेको अवस्था स्मरण गरे । राष्ट्रहितलाई केन्द्रमा राखेर आफूलगायत राप्रपाका तेह्र जना सांसद नागरिकता विद्येयकको विरुद्ध उभिएको घटनाक्रम पूर्वमन्त्री सुब्बाले सम्बोधनको क्रममा स्मरण गरे ।
‘नागरिक विद्येयक विरुद्धको उक्त कदम इतिहासको लेखाजोखामा छ,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस