देशमा व्यवस्था र संचरना बदलिए पनि आदिवासी जनजाति, मधेसी र थारु समुदायको समस्या ज्यूँ का त्यूँ
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १७:०४:०० मा प्रकाशित
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले देशमा व्यवस्था र संचरना बदलिए पनि आदिवासी जनजाति, मधेसी र थारु समुदायको समस्या ज्यूँ का त्यूँ रहेको बताएका छन् ।
‘कथित परिवर्तनको नाममा आदिवासी जनजाति, मधेसी, थारु लगायतका अल्पसंख्यक समुदायलाई सत्ता प्राप्तिको साधन मात्र बनाइयो । सही मानेमा अल्पसंख्यकहरुको समावेशीकरण हुन सकेन, राज्य संरचनामा तिनको प्रतिनिधित्व र सहभागिताको प्रश्न ज्यूँ का त्यूँ रह्यो,’ पूर्वमन्त्री सुब्बाले मंगलबार भने ।
नेप्ली मिडिया प्रा. लि.ले प्रकाशन गरेको ‘इतिहासमा इटहरी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरीष्ट नेता सुब्बाले यस्तो धारणा प्रकट गरेका हुन् ।
‘ऐतिहासिक रुपमा इटहरी थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो । यद्यपि थारु समुदायको ऐतिहासिक उपस्थितिका बाबजुद, शासक वर्गले थारु समुदायलाई हेर्ने दृष्टिकोण र सामाजिक अन्तरसम्बन्धमा तात्विक अन्तर आएको छैन,’ सुब्बाले भने ।
‘यस किसीमको दूरी र दरार कायम रहेसम्म, सही अर्थमा देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुन सक्दैन । राष्ट्रिय एकता, राष्ट्रियता सबल हुन सक्दैन’ उनले भने ।
राष्ट्रियता कै विषयमा गम्भीर भएर आफ्नो दल राप्रपाभित्र अन्तरसंघर्ष गर्नु परेको अवस्था स्मरण गरे । राष्ट्रहितलाई केन्द्रमा राखेर आफूलगायत राप्रपाका तेह्र जना सांसद नागरिकता विद्येयकको विरुद्ध उभिएको घटनाक्रम पूर्वमन्त्री सुब्बाले सम्बोधनको क्रममा स्मरण गरे ।
‘नागरिक विद्येयक विरुद्धको उक्त कदम इतिहासको लेखाजोखामा छ,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस