राप्रपाद्वारा अफगानिस्तानमा रहेका नेपालीहरु स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०७८ | १४:४३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुकाे चिन्ता व्यक्त गर्दै सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’
यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरुमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न बेलायत सरकारसँग समेत आग्रह गरेको छ । ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पूरा बेलायत सरकारसँग आग्रह गरेको हो ।
त्यसका लागि कूटनीतिक प्रयास गर्न राप्रपाले नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस