बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०७८ | ०९:५१:०० मा प्रकाशित
काठमाडाैँ । आर्थिक वर्ष २०७८/७९ काे माैद्रिक नीतिनुसार, आव २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई रु.४,६६२ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले वृद्धि भई रु.४,०८४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२.० प्रतिशतले बढेर रु.३,२०९ अर्ब ७९ करोड रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७८ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु. ३९० अर्ब ४३ करोड पुगेको नीतिमा उल्लेख छ ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत, विकास बैंकहरूको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२.० प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः १४.० प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशत, विकास बैंकहरुको १.५ प्रतिशत र वित्त कम्पनीहरुको ६.२ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १.८ प्रतिशत, १.५ प्रतिशत र ६.२ प्रतिशत रहेका थिए ।
विगत एक दशक यता यस बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने नीतिगत व्यवस्था भए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १७१ संस्थाहरुको इजाजत खारेज भई ५८ संस्था कायम भएका छन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा बिस्तारसँगै वित्तीय पहुँच बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७८ असार मसान्तमा नेपाल राष्ट्र बैंक मसान्तमा १०,६८३ पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३,०७२ बाट घटेर २,८४४ कायम भएको छ । वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा पुगेकाे माैद्रिक नीतिमा बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस