आज बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनकाे नयाँ कार्यतालिका आउला त ?
- गाउँ सहर संवाददाता
- ३० श्रावण शनिबार, २०७८ | ०८:५२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन र महमन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा बोल्ने नेताहरुले मुख्यगरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औं महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुनेमा जोड दिएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले सभापति देउवाबाटै आएको प्रस्तावअनुसार महाधिवेशन मंसिरसम्म गर्न सकिने बताइरहँदा संस्थापन इतरपक्षका सदस्यहरुले भदौमै महाधिवेशनको कार्यतालिकामा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् ।
केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यही साउनको १२ गते सुरु गर्ने भनिएको स्थानीय तहस्तरको अधिवेशन प्रभावित भएपछि त्यसपछिका सबै कार्यतालिका प्रभावित भएको सन्दर्भमा केन्द्रीय कार्यसमितिको बैठकले सबै तहको अधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रवक्ता शर्माको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस