गाउँ सहर

काठमाडाैंका तीन जिल्लामा ११३३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४  घण्टामा काठमाडौं उपत्यकामा ११३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता