नेप्से झिनाे अंकले बढेपनि हालसम्मकै उच्च, अझै जलविद्युत् कम्पनीमै आकर्षण
- गाउँ सहर संवाददाता
- २७ श्रावण बुधबार, २०७८ | १५:२२:०० मा प्रकाशित

काठमाडाैं । शेयरबजार परिसूचक नेप्से बुधबारकाे दिन अघिल्लाे दिनकाे तुलनामा खासै परिवर्तन देखिएन । तर झिनाे अंकले बढेकाे नेप्से हालसम्मकै उच्च बिन्दु हाे ।यसदिन नेप्से परिसूचक ०.९४ अंकले मात्रै बढेको छ । याे हालसम्मकै उच्च विन्दु हाे । अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै नेप्से परिसूचक ३१६२.४० विन्दुमा पुगेको हो ।
यो दिन २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढेकाे छ । यो दिन जलविद्युत् सवइन्डेक्स ३.९२ प्रतिशत र होटल तथा पर्यटन सवइन्डेक्स २.७८ प्रतिशतले बढेको छ ।
यो दिनको कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत् परियोजना, आइसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियनलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरलगायतका कम्पनी छन् ।
जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको ६८ करोडको कारोबार भयो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस