पैसा जाेहाे गर्नुहाेस् किनकी मानुषीकाे आइपीओ २७ गतेदेखि खुल्दै
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | २१:१८:०० मा प्रकाशित

काठमाडाैँ । पैसाकाे जाेहाे गर्नुहाेस् किनकी मानुषीकाे आइपीओ खुल्दैछ ।
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३६ प्रतिशत शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।
यो आइपीओ खरिदका लागि साउन ३१ गते सम्म आवेदन गर्न सकिनेछ । सो समय अवधिमा विक्री नभएमा ढिलोमा भदौ ९ गते सम्म विक्रीमा रहने कम्पनीको भनाई छ । प्राथमिक बजारमा निष्कासन हुने आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको सन्दर्भमा भने कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आइपीओ निष्कासन गर्नका लागि बैशाख १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहे्को छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबा स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपबा पनि आइपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।
आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यस कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव शून्य २ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६९ रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा १ करोड ४७ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस