अर्थतन्त्र
सुनकाे मूल्य ताेलामा पन्ध्र सयले घट्याे, चाँदीकाे मूल्यमा पनि गिरावट
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | ११:५८:०० मा प्रकाशित

काठमाडाैं । आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ । यस दिन सुनका भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ ।
अघिल्लाे दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, आइतबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस