बागलुङमा पनि मनाइयाे गठेमंगल (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | १६:४६:०० मा प्रकाशित

बागलुङ । काठमाडौं उपत्यकासहित देशभरका नेवा समुदायले आज गठेमंगल (गठामुंगः) पर्व बागलुङमा पनि धुमधामसँग मनाएका छन् । नेवा: समुदायले घर शान्तिको कामना सहित राक्षसी स्वरूपको घन्टाकर्णको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।
साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगललाई घन्टाकर्ण चतुर्दशी भन्ने प्रचलन पनि छ ।
दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफासुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको नेवा ल्यामह पुच:बागलुङका सदस्य अनम श्रेष्ठले बताए ।
यो पर्वको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गर्ने साथै चोक मा लगेर एक साथ जलाऊने परम्परा छ ।
त्यसअघि, नेवा समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई परिक्रमा गराउने गर्छन् ।
केही ठाउँमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने प्रचलन रहेको रहेको पाइन्छ ।
परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले दहन गरिएको नेवारी समुदायमा कथन रहेको पुच:का अध्यक्ष जय राजभण्डारीले बताए ।
घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुतप्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने चलन छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस