बागलुङमा पनि मनाइयाे गठेमंगल (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | १६:४६:०० मा प्रकाशित
बागलुङ । काठमाडौं उपत्यकासहित देशभरका नेवा समुदायले आज गठेमंगल (गठामुंगः) पर्व बागलुङमा पनि धुमधामसँग मनाएका छन् । नेवा: समुदायले घर शान्तिको कामना सहित राक्षसी स्वरूपको घन्टाकर्णको पूजा गरेर यो पर्व मनाउने गर्छन् ।
साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगललाई घन्टाकर्ण चतुर्दशी भन्ने प्रचलन पनि छ ।
दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफासुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको नेवा ल्यामह पुच:बागलुङका सदस्य अनम श्रेष्ठले बताए ।
यो पर्वको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गर्ने साथै चोक मा लगेर एक साथ जलाऊने परम्परा छ ।
त्यसअघि, नेवा समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई परिक्रमा गराउने गर्छन् ।
केही ठाउँमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने प्रचलन रहेको रहेको पाइन्छ ।
परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले दहन गरिएको नेवारी समुदायमा कथन रहेको पुच:का अध्यक्ष जय राजभण्डारीले बताए ।
घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुतप्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने चलन छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस