आज भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्हे अर्थात् घण्टाकर्ण पर्व मनाइँदै
- गाउँ सहर संवाददाता
- २२ श्रावण शुक्रबार, २०७८ | ०८:२४:०० मा प्रकाशित

काठमाडाैं । आज काठमाडाैं उपत्यकाका घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन । उपत्यकाका नेवार समुदायले औपचारिकतामात्र सीमित गरेर आज गथांमुगः पर्व मनाउँदैछन् ।
अघिल्लो वर्ष झैं यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गथांमुगः पर्वमा सार्वजनिक रुपमा बनाइने गथांमुगः नबनाएर घरघरमा गरिने पूजाआजामा मात्र पर्वलाई सीमित गरिने भनिए पनि केही स्थानमा परम्परागत गथांमुगः प्रदर्शनको तयारी चलिरहेको देखिएका छन् । आजका दिन टोल, नगर, मानव बस्तीका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएका गथांमुगःलाई खोला नदीसम्म तानेर लगेपछि दाह संस्कार गरी बगाइदिने नेवार गरिएको छ ।
यसरी भीमकाय परालबाट बनेको गथांमुगःलाई गुठी तथा दाफाभजनका सदस्यहरूले बाजागाजा बजाएर, अरुले छ्वाली बालेर सेलाउने गर्दछन् । गथांमुगःमा आवश्यक पर्ने सामाग्री भने टोलका स्थानीय बासिन्दासँगै माग्ने चलन रहेको छ । टोलटोलमा मान्छे मार्ने र मान्छेको मासु खाने गथांमुगः राक्षस मारेको सम्झनामा यो पर्व मनाइँदै आएको छ ।
त्यस्तै आजका दिन फलामका औँठी लगाउने, घरघरबाट भूत पन्छाउने, हातमा प्राकृतिक वनस्पतिका मेहंदी लगाउने पनि गरिन्छ ।
नेवार समुदायले आजको दिनलाई ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ सकिएको) पर्वका रुपमा पनि मनाउने गर्दछ। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछन् । रोपाइँ सके पनि अन्य दिन सिनाज्या ब्यंकेगु पर्व मनाउन नभ्याएका परिवारले आजको दिन यस पर्व मनाउँछन् ।
आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस