गाउँ सहर

चिन्नुहाेस् पल्सर मोटरसाइकल चोरी गर्ने तीन जना

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ परेका छन् । उपत्यकाको विभिन्न स्थानहरूमा सादा पोशाक लगाइ खटिएका ट्राफिक प्रहरीले पक्राउ गरेका हुन् ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी गर्दै आएको थियो । त्यसपछि पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ ।  भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता